खुकुरी प्रहारबाट घाइते ठकुरी अस्पतालबाट डिस्चार्ज
व्यास –१ भादगाउँमा बिहीबार खुकुरी प्रहार बाट घाइते भएका सिद्धबहादुर ठकुरी डिस्चार्ज भएका छन् । साेहि ठाउँका १९ बर्षिय युवक विशाल मल्ल ठकुरीले५६ बर्षिय सिद्धबहादुर ठकुरीलाई खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका थिए । घाइते ठकुरीको रत्नहरी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा लगिएकोमा टाउकोमा भित्री चाेट नदेखिएको र अवस्था सामान्य बन्दै गएपछि आज डिस्चार्ज भएका हुन् । खुकरी प्रहार गरी घाइते बनाउने युवा विशाल मल्ल ठकुरीलाई ज्यान मार्ने उद्योगमा ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

दुई जनाबिच एक आपसमा झगडा हुँदा विशालले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।


























