आँबुखैरेनीबाट लागुऔषध सहित दुई महिला पक्राउ

आँबुखैरेनीबाट लागुऔषध सहित दुई महिला पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारस्थित पृथ्वी राजमार्ग सडक खण्डबाट लागुऔषध सहित दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही साविक पटखौली गाविस-४ हाल कायम ओमसनिया गाउँपालिका-५ बस्ने ३५ वर्षीया मालती लोध र सोही ठाउँ बस्ने ५० वर्षीया शिला हरिजन रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।

प्रहरी टोलीले सवारी साधनहरु तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा कालो रंगको पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा आठ सय ६६ एम्पुल डाइजेपाम, आठ सय ६६ एम्पुल फेनरागन, आठ सय ६६ एम्पुल ब्रुफिन गरी दुई हजार पाँच सय ९८ एम्पुल लागुऔषध बरामद भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page