शुक्ला साहित्य संगमकाे कविता प्रतियोगितामा पञ्चमुनिदेव माविकी छात्रा युमिका प्रथम
भानु जयन्तीको अवसरमा शुक्ला साहित्य संगम तनहुँले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा पञ्चमुनिदेव माविकी छात्रा युमिका खनाल प्रथम भएकी छिन् ।
शनिवार दुलेगौंडामा आयोजित प्रतियोगितामा ज्ञान बगैचा इङ्लीस बोर्डिङ स्कुलकी छात्रा प्रनिता श्रेष्ठ द्धितीय र गाउँफर्कोदय माविका दिप्सन पोख्रेल तृतीय हुन सफल भए । प्रथम, द्धितीय र ततृीयले क्रमशः ३ हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सय साथमा प्रमाणपत्र प्राप्त गरे । शुक्लागण्डकी नगरपालिका स्तरीय आधारभूत तह विद्यार्थीका लागि आयोजित प्रतियोगितामा नगरका ११ विद्यालयका २० जनाको सहभागिता रहेको थियो ।

प्रतियोगिता बन्दुराज अधिकारी संयोजकत्वको निर्णायक समिति सदस्यहरुमा छन्दीका त्रिपाठी र रोशन तिम्सेना रहेका थिए । यसअघि कार्यक्रममा बोल्दै छन्द कवि शिव त्रिपाठीले भानुको सम्झनामा गृह जिल्लामा प्रतियोगिता आयोजना भएको विद्यार्थीहरुलाई सृजनामा लाग्ने प्रेरित गर्ने उल्लेख गरे । संगमका अध्यक्ष टुकादेवी पौडेल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक शेषमणि आचार्य, केशवराज पौडेल, संगम उपाध्यक्ष सरस्वती सिग्देल, सचिव जुना खड्का लगायतले बोलेका थिए ।शुभकामना छात्रावासको सहयोगमा प्रतियोगिता भएको थियो ।


























