भानु नगरपालिकाका ४ जना उत्कृष्ट कर्मचारी नगद सहित सम्मानित

भानु नगरपालिकाका ४ जना उत्कृष्ट कर्मचारी नगद सहित सम्मानित

भानु नगरपालिकाका ४ जना कर्मचारी सम्मानित भएका छन् । नगरपालिकाका गतिविधिमा उत्कृष्ट कार्य गरे वापत उनीहरु सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा शिक्षा, युवा तथा खेलकूद शाखाकी सरस्वती गुरुङ ढकाल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक शुभाष रेग्मी , वडा नं ११ का वडा सचिव मदन घर्ती र सवारी चालक सुशील सार्की रहेका छन् ।
उनिहरुलाई १६ औं नगरसभाकाे तेस्रो बैठकमा सम्मानित गरिएकाे नगरपालिकाले जनाएको छ । सम्मानित हुनेहरुले नगद ७ हजारका साथै सम्मान पत्र प्राप्त गरेका छन् ।

सुशासन समितिले विविध मापदण्ड एवम् छनौट प्रणालीको विधि बामोज़िम नगरपालिकाका उत्कृष्ट ४ कर्मचारीलाई सम्मान गर्न सिफारिस गरिएकाे समितिका अध्यक्ष एवं भानु ७ का वडा अध्यक्ष खुमबहादुर श्रेष्ठले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page