आदिकवि भानुभक्तका नवनियुक्त सहायक क्याम्पस प्रमुख तथा विभागिय प्रमुखकाे पदस्थापना

आदिकवि भानुभक्तका नवनियुक्त सहायक क्याम्पस प्रमुख तथा विभागिय प्रमुखकाे पदस्थापना

आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँको नव नियुक्त सहायक क्याम्पस प्रमुखहरु,विभागीय प्रमुख तथा बिभिन्न समितिका संयोजकहरूकाे पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारी, बिशेश्वर तिमल्सेना र बिमल गिरिकाे बधाई तथा पदस्थापन कार्यक्रम सम्पन्न भएकाे हाे ।

यस्तै नवनियुक्त बिभागिय प्रमुखहरु: नेपाली बिभाग प्रमुख डा. सुशील वाग्ले, शिक्षा बिभाग प्रमुख गजेन्द्र पौडेल, अङ्ग्रेजी बिभाग प्रमुख डा. बसन्त कडेल, ब्यवस्थापन बिभाग प्रमुख जनक काफ्ले, बिआईसिती संयोजक घन बहादुर थापा, बिज्ञान बिभाग प्रमुख सागर पौडेल तथा बिभिन्न समिति संयोजकहरु तिल बहादुर थापा , बिमल खत्री, राजन घिमिरे लगायतको पदस्थापना कार्यक्रम भएको जनाइएको छ ।
आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको प्रमुख आतिथ्यता र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको अध्यक्षतामा पदस्थापन कार्यक्रम भएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page