तनहुँमा बिकास बजेट खर्च ६५ प्रतिशत

तनहुँमा बिकास बजेट खर्च ६५ प्रतिशत

आर्थिक वर्ष २०८१-०८२ मा तनहुँमा सङ्घीय सरकारको विकास बजेट खर्च करिब ६५ प्रतिशत भएको छ । यहाँ विकास (पुँजीगत)मा सङ्घीयतर्फ चार अर्ब २१ करोड ५७ लाख ९८ हजार पाँच सय बजेटमा दुई अर्ब ७३ करोड १२ लाख ७५ हजार ५८३  रुपियाँ अर्थात् ६४.७६ खर्च भएको कोष तथा नियन्त्रक कार्यालय तनहुँका प्रमुख कोष नियन्त्रक अशोक खनालले जानकारी दिए । 

चालुतर्फ भने ९०.२५ प्रतिशत खर्च भएको उनलेे बताए । खनालका अनुसार चालुतर्फ आठ अर्ब ७८ करोड ९७ लाख एक हजार ४२६ रुपियाँ विनियोजन भएको थियो । पुँजीगत तथा चालु गरी समग्रमा ८२.५६ प्रतिशत वित्तीय प्रगति भएको छ ।

यसैगरी, तनहुँमा सङ्घको भन्दा प्रदेशको वित्तीय प्रगति राम्रो भएको पाइएको छ । प्रमुख कोष नियन्त्रक खनालका अनुसार प्रदेशको विकास बजेट ८६.४६ प्रतिशत भएको छ । प्रदेशको लागि पुँजीगत विकासका लागि दुई अर्ब ३३ करोड ४२ लाख १२ हजार ३१९ रुपियाँ विनियोजन भएकोमा दुई अर्ब एक करोड ८१ लाख ७९ हजार ९०७ रुपियाँ खर्च  अर्थात् ८६।४६ प्रतिशत खर्च भएको छ ।

प्रदेशमा चालुमा ८८ करोड ४० लाख ४० हजार ५१७ विनियोजन भएकोमा ६९ करोड ६६ लाख ३९ हजार २०४ अर्थात् ७८।८० प्रतिशत खर्च भएको छ । वित्तीय मूल्याङ्कन गर्दा सङ्घको भन्दा प्रदेशले वित्तीय व्यवस्था सुधार गरेको पाइएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page