बैदेशिक राेजगारीमा ज्यान गुमाएका परिवारलाई सामीकाे साँढे पाँच करोड आर्थिक सहायता

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले आर्थिक बर्ष २०८१÷०८२ मा बैदेशिक रोजगारीमा ज्यान गुमाएका छब्बीसमध्ये सत्र जनाको परिवारलाई रु.पाँच करोड बढी आर्थिक सहायता उपलव्ध गराएको छ । सामी कार्यक्रमको समन्वयमा एक बर्षको अवधिमा मृतकका परिवारलाई रु.पाँच करोड ९० लाख ८७ हजार दुई सय ८७ क्षतिपूर्ति रकम उपलव्ध गराइएको हो । बैदेशिक रोजगारीमा मृत्यु भएका नौ जनाको अझै फछ्यौट हुन बाँकी रहेको सामीले जनाएको छ ।
निःशुल्क कानुनी सहायताबाट ठगी,बैदेशिक रोजगारीमा मृत्यु भएका,सामाजिक सुरक्षाकोष साउदी सरकारबाट सहयोग,स्वास्थ्य परीक्षण लगायतका प्रक्रियामा उक्त रकम प्राप्त भएको हो । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम संयोजक लुना रानाले बैदेशिक रोजगारीका सिलसिलामा ठगिने क्रम बढिरहेको जानकारी दिइन्। सामी कार्यक्रमले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि सचेतना संम्बन्धि सूचना दिइरहेकाे भए पनि ठगिने क्रम जारी रहेको रानाले बताइन् ।” ठगि सम्बन्धी एक सय बीस समस्या आएकोमा ५१ वटा समाधान भई अझै ६९ वटा फछ्यौटमा रहेको उनलेे जानकारी दिइन् ।

त्यसैगरी,सामाजिक सुरक्षाकोष साउदी सरकारबाट बैदेशिक रोजगारीमा लामो समयअघि मृत्यु भई पहिचान हुन नसकेका एघार जनामध्ये दश जनाको पहिचान भई आर्थिक सहायता रु.दुई करोड ७३ लाख एक हजार नौ सय सत्तरी प्राप्त भएपछि मृतकका परिवारलाई उपलव्ध गराइएको छ । स्वास्थ्य संम्बन्धी समस्या भएका व्यक्तिलाई औषधी उपचार खर्च बापत प्राप्त रु.चार लाख पन्ध्र हजार गरी कूल रु.सात करोड २२ लाख नौ हजार दुईसय ५७ सहयोग प्राप्त भएको छ । त्यसैगरी सामी कार्यक्रमले जेलमा रहेका चारजनामध्ये दुईको समाधान गरी दुई जनाको प्रक्रियामा रहेको जनाएको छ ।

हराएका चारमध्ये दुई जनाको फछ्यौट गरी दुई जनाको बाँकी रहेको छ,कार्यक्रम संयोजक रानाले भनिन् “बैदेशिक रोजगारीमा अलपत्रमा परेका बाइस जनामध्ये सत्र जनाको उद्धार गरी पाँच जनाको प्रक्रियामा रहेको छ ।” सामी कार्यक्रमबाट तीन हजार दुई सय ४८ जनालाई वित्तिय साक्षरता संम्बन्धि तालिम प्रदान गर्नुका साथै आप्रवासी स्रोत केन्द्र सहायता कक्षाबाट सूचना तथा परामर्श प्रवाह एघार हजार छ सय छयासी जनालाई प्रदान गरिएको छ ।
बैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि सामी कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

























