प्रहरी र नागरिक बिचकाे सम्बन्धलाई सुदृढ बनाउन आँबुखैरेनीमा प्रहरीकाे नागरिक सुनुवाई

प्रहरी र नागरिक बिचकाे सम्बन्धलाई सुदृढ बनाउन आँबुखैरेनीमा प्रहरीकाे नागरिक सुनुवाई

आँबुखैरेनी, साउन ८ — जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा बुधबार आँबुखैरेनीमा “नागरिक सुनुवाई कार्यक्रम “सम्पन्न भएको छ ।
तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईकाे सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान रहेका थिए ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) अशोक थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल , प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेत लगायतको उपस्थिती रहेकाे थियाे ।
नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ, पारदर्शी र विश्वासिलो बनाउने उदेश्यले नागरिक सुनुवाई कार्यक्रम गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) अशोक थापाले बताए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा, समाजसेवी, उद्योग वाणिज्य संघ तथा अन्य संघसंस्थाका पदाधिकारी, आमा समूह, टोल विकास संस्था, शैक्षिक संस्था, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त नागरिक सुनुवाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले प्रहरी कार्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा नागरिकहरूले उठाएका गुनासा, सुझाव र जिज्ञासाहरूको उत्तर प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, गाउँपालिका अध्यक्ष चुमान लगायतले दिएका थिए।
कार्यक्रमले नागरिक र प्रहरीबीचको आपसी विश्वास, सहकार्य र पारदर्शिता अभिवृद्धि गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page