मुख छाड्ने व्यापारी नियन्त्रणमा , पसल बन्द !

मुख छाड्ने व्यापारी नियन्त्रणमा , पसल बन्द !

व्यास नगरपालिका वडा नं ३ स्थित तरकारी लाइनमा प्लाष्टिक झोला अनुगमनमा पुगेका नगरपालिकाकाे टाेलिलाइ तथानाम गाली गर्ने व्यापारीलाई नियन्त्रणमा लिइएको छ । नगर प्रहरीले बिहीबार बिहान पिन्टु (काले) किराना पसलका सञ्चालकलाई नियन्त्रणमा लिएको हो । प्लाष्टिक झोला निषेध गरिएको नगरपालिकाभित्र अनुगमनका लागि पुगेका टोलीलाई बुधबार तरकारी लाइनका व्यापारीले तथानाम गाली गरेका थिए ।

:

यस्तै उक्त पसल समेत बन्द गराइएको छ । अनुगमनमा गएका जनप्रतिनिधि र कर्मचारीलाई तथानाम गाली गर्दा समेत नगर प्रहरी मुखदर्शक भएको भन्दै व्यापक आलोचना भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page