आँबुखैरेनीको पहिचान बनेको श्रीकृष्ण जन्माअष्टमी जात्राको तयारी तिव्र
आँबुखैरेनी, १३ श्रावण, आँबुखैरेनी गाउँपालिकाको पहिचान बन्न सफल श्रीकृष्ण जन्माअष्टमी जात्राकाे तयारी तिव्र पारिएको छ । हरेक वर्षको जन्माअष्टमीको दिन लाग्ने आँबुखैरेनीको पहिचानको रुपमा स्थापित जात्राको तयारी तिव्र पारिएको हाे ।
विभिन्न जातजातिको साँस्कृतिक झलक, झाँकीहरु, नाचगान प्रस्तुत हुने यो जात्रा दशकौं देखि आँबुखैरेनीमा लाग्ने गरेको छ ।
विभिन्न संघ संस्थाको सहयोगमा आँबुखैरेनी संस्कृति संरक्षण मञ्चले हरेक वर्ष यो जात्राको आयोजना गर्दै आएको छ । यस वर्ष पनि जात्रा भव्य बनाउन लागिपरेको मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी श्रावण ३१ गते शनिबार दिन चुड्का प्रतियोगिता, लाखे नाच, रोपाई नाच, बालेन नाच , पाङ्दुरे नाच, स्टेज कार्यक्रम लगायत विभिन्न समुदायको साँस्कृतिक नाँचहरु रहेको छ ।
यस्तै यसपटक पनि विभिन्न साँस्कृतिक झलकहरु सहित ¥यालीको समेत आयोजना हुने मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।

जात्रा/ मेलालाई भव्य बनाउनका लागि आयोजकले आँबुखैरेनीका विभिन्न टोलका प्रतिनिधिहरुसँग बृहत छलफल समेत गरेको जात्रा तयारी समितिका प्रवक्ता अनिल श्रेष्ठले बताए ।

























