मिस नेपाल नर्थ अमेरिकाकाे उपाधि आबुखैरेनिकी दिया श्रेष्ठलाई

मिस नेपाल नर्थ अमेरिकाकाे उपाधि आबुखैरेनिकी दिया श्रेष्ठलाई

साउन १८
न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका २०२५ को उपाधि आबुखैरेनिकी दिया श्रेष्ठले जितेकी छन्। न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा
नेपाली समयानुसार शनिबार राती भएको ग्राण्ड फिनालेमा न्यूयोर्क निवासी श्रेष्ठले ८ औं संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन् ।

प्रतियोगितामा टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित भएका छन् ।

उपाधि जितेसँगै दीयाले अर्को वर्ष हुने मिस नेपालमा सीधै प्रवेश पाउने अवसर पाएकी छिन् भने नेपाल पर्यटन बोर्डको सद्भावना दूत समेत उनी बन्नेछिन् । यसबाहेक अन्य अवसर पनि उनले पाएकी छन् ।

उपाधिका लागि विभिन्न अमेरिकी राज्यबाट प्रतिनिधित्व गर्ने १९ जना सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । कलाकार प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ जजको रुपमा थिए ।

न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा फिनाले आयोजना गरिएको थियो । आयोजक संस्था ड्रीम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले प्रतियोगिता उत्साहजनक ढंगले सम्पन्न भएको जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page