बलेराे जिपले ठक्कर दिँदा गुणादीकी ६६ वर्षीय थापाको मृत्यु
साउन १९ , तनहुँकाे म्याग्दे गा.पा. १ गुणादी स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा बाेलेराे जिपले ठक्कर दिँदा एक पैदल यात्रीकाे मृत्युु भएको छ । दमौलीबाट थर्पु तर्फ जाँदै गरेको बा १३ च ६७७८ नं. को बोलेरो गाडीले पैदल यात्री म्याग्दे गा.पा. १ बस्ने बर्ष अं. ६६ की निरमाया थापालाई ठक्कर दिँदा उनको मृत्यु भएको हाे ।

बाेलेराेले ठक्कर दिइ गम्भीर घाइते बनाएको थापालाई उपचारको लागी प्रदेश अस्पताल दमौली ल्याएको र उपचारको क्रममा उनको मृत्युु भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि बोलेरो गाडी र चालक( साहु) ब्यास नगरपालिका वडा नं.५ सागे बस्ने बर्ष ३४ को सुर्य ब. कुमाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले बताए ।

























