तनहुँकाे भानुमा जुवातास खेल्ने ६ जना ३५ हजार सहित पक्राउ
साउन २० , तनहुँको भानु नगरपालिका–१ मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घरधनी ५८ वर्षीय कर्ण बहादुर गुरूङ सहित रहेका छन्।सोमबार दिउँसो इलाका प्रहरी कार्यालय भानुबाट खटिएको टोलीले कर्ण बहादुरको घरमै जुवातास खेलिरहेको सूचना पाएपछि उनीसहित ६ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट नगद ३५ हजार ८ सय ७५ रूपैयाँ र ३ बुक तास बरामद गरेको जानकारी दिएको छ।

हाल उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ।

























