भदौ ४ गते म्याग्दे गाउँपालिका स्तरीय खुल्ला तीज गीत प्रतियोगिता हुने

भदौ ४ गते म्याग्दे गाउँपालिका स्तरीय खुल्ला तीज गीत प्रतियोगिता हुने

महिलाहरूकाे महान् पर्व हरितालिका तीजको अवसरमा म्याग्दे गाउँपालिकाकाे आयाेजनामा यही भदौ ४ गते म्याग्दे गाउँपालिका स्तरीय खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । म्याग्दे सभा हल वडा नं ३ ठुलो बगैंचामा हुने प्रतियोगिता बिहान १० बजेबाट हुने बताइएको छ । प्रतियोगितामा प्रथम पुरस्कार १८ हजार र प्रमाणपत्र , द्धितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार १२ हजार तथा सान्त्वना पुरस्कार ७ हजार तथा सहभागी टिमलाई १ हजार र प्रमाणपत्र दिइने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता भदौ ३ गते साँझ ५ बजेसम्म गरिसक्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page