गाेरखकाली आवासीय मावि दमाैलीका शिक्षक अर्विनले बिद्यार्थीलाई पाइपले कुटे
२२ साउन दमाैली ,, गाेरखकाली आवासीय मावि दमाैलीका शिक्षक अर्विन नेपालीले बिद्यार्थीलाई पाइपले कुटेका छन् । व्यास ३ शान्तिनगरमा रहेको गाेरखकालीका बिज्ञान शिक्षक अर्विन नेपालीले कक्षा काेठामा बिद्यार्थीले मकै खाएकाे र साेधेकाे प्रश्नको उत्तर दिन नसकेको भन्दै पाइप तथा हातले कुटेका हुन् । कुटाइबाट ३ जना बिद्यार्थीकाे शरीरका विभिन्न भागमा राताे डाम बन्नुको साथै सुनिएको छ भने केहीलाई हातले चड्काएका छन् । संकल्प कंडेल , रिदम खड्का , जुन गुरूङ लगायतका कुटाइ खाएका बिद्यार्थीहरूले आफुहरूलाइ सरले पाइपले कुटेको बताए । बिद्यार्थीहरूले रूँदै हामी लगायत अन्य साथीहरूलाई पनि कुटेको बताए ।

यश सम्बन्धमा कुट्ने शिक्षक अर्विन नेपाली सँग प्रतिक्रिया माग्दा आफुले कुटेको स्विकारे । कक्षा काेठामा मकै खाने , साेधेकाे नजान्ने लगायतमा आफुले कुटेको उनले बताए । यही बिषयमा बिद्यालयका प्रिन्सिपल बिणा कैनीसँग सम्पर्क गर्दा बिद्यालय परिवार , व्यवस्थापन समिति सँग सल्लाह गरेर बिद्यार्थी कुट्ने शिक्षकलाई कारबाही गरिने बताइन् ।बिद्यार्थी कुट्नु शिक्षककाे सरासर गल्ती भएको उनलेे बताइन् ।

























