नेपाल इन्भेस्टमेन्ट मेगा बैंक जामुने शाखा द्वारा म्याग्देका महिलाहरूलाई वित्तीय साक्षरता कार्यक्रम

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक जामुने शाखा द्वारा  म्याग्देका महिलाहरूलाई  वित्तीय साक्षरता कार्यक्रम

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड जामुने शाखाले साउन २१ र २२ गते म्याग्दे गाउँपालिकाका विभिन्न महिला समूहमा २ दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।बित्तीय पहुँत अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक जामुने शाखाद्धारा म्याग्दे गाउँपालिकाका दुई महिला समुहमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हाे।

नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारि मेगा बैंक जामुने शाखाद्धारा म्याग्दे गाउँपालिकामा वित्तिय पहुँच अभिवृद्धि गर्न तथा सुरक्षित, सहज र प्रभावकारी बैंकिङ्ग प्रणाली मार्फत जनताको दैनिक जीवन सरल र व्यवस्थित बनाउने उद्देश्यका साथ श्री महिला जागरण आमा समूह, म्याग्दे-३, धंयरे तथा श्री बाराही महिला बहुउद्देश्यीय सहकारी संस्था, म्याग्दे-१, गुणादी का सम्पुर्ण महिला दिदी बहिनी तथा शेयर सदस्यहरुको उपस्थितीमा बैकिङ्ग सेवा तथा डिजिटल बैकिङ्ग जन चेतना कार्यक्रम गरिएको हाे । उक्त २ दिने कार्यक्रममा सय जना भन्दा बढिको सहभागिता रहेको थियो । उक्त कार्यक्रम (NIMB) बैंक जामुने शाखाका शाखा प्रबन्धक विश्वराज पौडेल र सहायक कर्मचारी अर्जुन घिमिरेद्वारा कार्यक्रम गरि सम्पन्न गरिएकाे हाे ।

दुई दिने कार्यक्रममा महिला जागरण आमा समूह अध्यक्ष सरला तिमिल्सेना घिमिरे र बाराही महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कमला खनालले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा बैंकका शाखा प्रमुख विश्वराज पौडेलद्धारा सम्पूर्ण बैंकिङ्ग सेवाका बारेमा जानकारी गराई कार्यक्रम सम्पन्न गरिएकाे थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page