क्षत्री समाज तनहुँको भवनमा सामुहिक रूद्राभिषेक , हवन र बास्तु पुजा सम्पन्न

क्षत्री समाज तनहुँको भवनमा सामुहिक रूद्राभिषेक , हवन र बास्तु पुजा सम्पन्न


दमौली २२,साउन ।
क्षत्री समाज नेपाल तनहुँले निर्माण गरेको भवनको निर्माण कार्य सम्पन्न भएसँगै सुक्रवार घर पैंचो स्वरुप सामुहिक रुद्राभिषेक , हवन र बास्तु पूजा गरिएको छ । व्यास नगरपालिका वडा नं १ स्थित बसपार्क नजिकै बनेको भवनमा पुजा कार्यक्रम गरिएको समाजका व्यास नगर अध्यक्ष शंकर अधिकारीले बताए ।

पुजा कार्यक्रममा समाजकी मन्जु थापा पुजा संयाेजक तथा सह-संयोजक नगर अध्यक्ष अधिकारि एवम् कर्ता जिल्ला अध्यक्ष शम्भु बहादुर अधिकारी , हरि कार्की र बिनोद अधिकारी रहेका थिए । केन्द्रीय अध्यक्ष रिब बहादुर थापाको समेत उपस्थिति रहेको पुजामा केन्द्रिय उपाध्यक्ष राजेन्द्र बहादुर अधिकारी , जिल्ला उपाध्यक्ष प्रेम राउत , पुर्व अध्यक्ष भरत बहादुर अधिकारि , केन्द्रिय सदस्य राम बहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page