मादीमा डुबेर हिजो देखि बेपत्ता टेलिकमका कर्मचारी हरीलाइ खाेज्न गाेताखाेरकाे प्रयाेग

मादीमा डुबेर हिजो देखि बेपत्ता टेलिकमका कर्मचारी हरीलाइ खाेज्न गाेताखाेरकाे प्रयाेग

नेपाल टेलिकम दमौलीमा कार्यरत एक कर्मचारी शनिबार मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । व्यास नगरपालिका–१ अम्रेनी निवासी ४० बर्षीय हरी परियार बेपत्ता भएपछि उनको खाेजिकाे लागि गाेताखाेर परिचालन भए पनि अहिलेसम्म भेटिनसकेकाे छैन ।  
व्यास नगरपालिका–७ दुलेपानी स्थित मादी नदीमा साथीहरुसंग पौडी खेल्ने क्रममा बगाएर बेपत्ता बनाएको उनको खाेजिका लागि भानुबाट सशस्त्र प्रहरी काे गाेताखाेर टाेली परिचालन भएको थियो ।

सनिवार भएको घट्नाको जानकारी पाएलगत्तै नेपाल प्रहरी,नेपाली सेना र स्थानीयबासीले खोजी कार्य गरिरहे पनि फेला पार्न नसकिए पछि गाेताखाेरकाे टाेली आएकाे थियो । ”  परियार नेपाल टेलिकम शाखा कार्यालय दमौलीमा सवारी चालकका रुपमा कार्यरत थिए । सोही कार्यालयमा टेक्निसियन पदमा कार्यरत २२ बर्षीय शिखर पौडेल,टेक्निसियन ३१ बर्षीय विश्यश्वरप्रसाद चौधरी, सुरक्षा गार्ड ४२ बर्षका शुक बहादुर गुरुङ र सवारी चालक ४० बर्षीय पवनबहादुर कुमाल मिलेर बनभोज कार्यक्रममा सहभागी पछि नदीमा पौडी खेल्न गएको प्रहरीले जनाएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page