कमलबारीमा ट्रक दुर्घटना , २ जना घाइते

कमलबारीमा ट्रक दुर्घटना , २ जना घाइते


पृथ्वीराजमार्ग स्थित व्यास १२ कमलबारी ओरालाेमा केहीबेर अगाडि ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ट्रकका चालक र सहचालक दुइजना सामान्य घाइते भएका छन् ।

रङ्ग बाेकेर आएकाे ट्रक केही स्पिड रहेको र कन्ट्रोल हुन नसक्दा दुर्घटना भएको स्थानीयले बताएका छन् । घटनास्थलमा घाइतेको प्रहरी र स्थानीयले उद्धार गरेका छन् । दुर्घटनामा परेको ट्रकमा ल्याइएको रङ्गहरू छरपस्ट रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page