वाराही महिला सहकारी गुणादीकाे तीज गीत प्रतियोगितामा महिला जागरण आमा समूह प्रथम

वाराही महिला सहकारी गुणादीकाे तीज गीत प्रतियोगितामा महिला जागरण आमा समूह प्रथम

वाराही महिला वहुउद्येश्यीय सहकारी संस्था, म्याग्दे–१, गुणादीको आयोजनामा भएको खुल्ला तीज गीत प्रतियोगितामा महिला जागरण आमा समूह प्रथम भएको छ । साँस्कृतिक पर्व तीज, वदलिएको रीत भन्ने शिर्षकमा भएको प्रतियोगितामा सहभागी १८ टिमलाइ पछि पार्दै म्याग्दे ३ मा रहेको महिला जागरण समूह प्रथम भएको हाे ।
कार्यक्रममा सिन्धु आमा समुह व्यास–५ ले दोश्रो स्थान हासिल गरेको थियो भने तेश्रोमा राधा मावि जामुने र सान्त्वना पुरस्कार सिद्धि विनायक अग्रेजी वोडिङ म्याग्दे–१ ले हात पारेका थिए । विजेता टिमहरु प्रथम, द्धित्तिय, तृतिय र सान्त्वना हुने टिमले क्रमश १० हजार, ७ हजार, ५ हजार, ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे , म्याग्दे–१ का वडाध्यक्ष मणिभद्र वाग्ले, निवर्तमान वडाध्यक्ष शिवशरण वाग्ले लगायतले धारणा राखेका थिए ।
सो तीज गीत प्रतियोगिताका अवसर पारेर संस्थाले म्याग्दे गाँउपालिकामा अध्ययनरत जेहन्दार विद्याथी हरुलाई विद्यालय समाग्री समेत हस्तान्तरण गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page