डुम्रेमा बस र माइक्रो ठाेक्किँदा घाइते भएका माइक्रो चालककाे मृत्यु
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर -४ डुम्रे बजार नजिकै सानो डुम्रे भन्ने ठाउँमा बिहीबार (इभी) माइक्रो र बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ । दुर्घटनामा माइक्रोमा च्यापिएका चालक धादिङ निलकण्ठ न.पा वडा-१४ का रमेश अवस्थिलाइ बिहीबार राति ७:०५ बजे सिएमसी हस्पिटल चितवनले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका इन्स्पेक्टर आशिष विकले बताए । चालक अवस्थि माइक्रोमा च्यापिएका थिए ।

दुर्घटनामा घाइते भएका अन्य भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

























