रास्वपा सभापति लामिछाने नक्खु कारागारमा सरूवा

रास्वपा सभापति लामिछाने नक्खु कारागारमा सरूवा

रुपन्देहीको भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गर्ने निर्णय भएको छ। 

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जानाएको छ। 

लामो समयदेखि रोकिएको लामिछानेको कारागार सरुवाको निर्णय शर्माले विभागको जिम्मेवारी सम्हालेकै दिन गरेका हुन्। उनको कारागार बसाइ लम्बिने भएपछि अब काठमाडौँ ल्याउन लागिएको गृहका अधिकारीहरूको भनाइ छ।

गृहमन्त्रालयले लामिछानेलाई नख्खु कारागार सरुवा गर्न निर्देशन लगत्तै कारागार व्यवस्थापन विभागले रुपन्देही कारागारलाई पत्राचार गरेको छ । अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेर रविलाई नख्खु कारागारमा पठाउनेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page