पब्लिक क्याम्पस प्राध्यापक संघ तनहुँको संयोजकमा बिष्णु हड्खले

पब्लिक क्याम्पस प्राध्यापक संघ तनहुँको संयोजकमा बिष्णु हड्खले

पब्लिक क्याम्पस प्राध्यापक संघ तनहुँको अधिवेशनबाट संयोजकमा बिष्णु हड्खले चयन भएका छन् । शुक्रवार भएको पब्लिक क्याम्पस प्राध्यापक संघ, तनहुँको जिल्ला स्तरिय समितीको प्रथम अधिवेशनले हड्खलेलाई संयोजक तोकेको हो।

त्यस्तै समितिको सहसंयोजकमा आवुखैरेनी क्याम्पसबाट सहायक क्याम्पस प्रमूख रामचन्द्र आचार्य, जनज्योती क्याम्पस भिमादवाट सचिव दिपक भट्टराई कोषाध्यक्ष, आदिकवि भानुभक्त क्याम्पसबाट बुद्धकुमार श्रेष्ठ सहसचिव, सिकेविके क्याम्पसबाट घनश्याम गिरी सदस्य, त्रिभूवन क्याम्पस मानचौकाबाट रविन्द्र राज जोशी लगाएतको समिति निर्वाचित भएको हो ।


व्यास नगर प्रमूख बैकुण्ठ न्यौपानेको प्रमूख आतिथ्यतामा भएको उद्घाटन सत्रको अध्यक्षता पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश संयोजक बिमल गिरीको अध्यक्षतामा भएको थियो ।अधिवेशनमा पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रिय उपसभापती बालानाथ सिग्देल, आदिकवि भानुभक्त क्याम्पस, क्याम्पस प्रमूख महाप्रसाद हड्खले, जनज्योती क्याम्पस भिमादका क्याम्पस प्रमूख केशवराज काफ्ले, आबुखैरेनी क्याम्पसका पूर्व क्याम्पस प्रमूख ऋषि के.सी, सिकेविके क्याम्पसका प्रमूख माधव पण्डित, बन्दिपुर क्याम्पसका सहायक प्रमूख गोवर्दन भट्टराई, त्रिभूवन क्याम्पस मानेचौकाबाट सहायक क्याम्पस प्रमूख रमेश सापकोटा र देवेन्द्र बहादुर थापा, आदिकवि भानुभक्त क्याम्पस सहायक क्याम्पस प्रमूख डा. राम कुमार अधिकारी, बिशेस्वर तिमिल्सिना लगाएतका व्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।

पब्लिक क्याम्पस प्राध्यापक संघले समुदायमा आधारीत क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि एवं आवद्ध प्राध्यापकहरुको हकहित संरक्षण र पेशागत सुनिस्चितता गर्न वहस र पैरवी गर्दै आईरहेको प्रभावकारी संघको रुपमा मानिने संयोजक हड्खलेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page