कर्मचारीकाे सरूवा नितिमा टेकेर विवेक सम्मत तरिकाले गर्छु – मन्त्री न्याैपाने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्याैपानेले कर्मचारी सरूवा व्यवस्थापन नितिमै टेकेर विवेक सम्मत तरिकाले गर्ने बताएकी छन् । म मन्त्री भएयता जिल्लामा सबै दलसँग निरन्तर सम्पर्कमा भएको र वायस भएर चल्ने आफ्नाे कुनै साेच नभएको मन्त्री न्याैपानेले बताइन् । साे कुरा मन्त्री न्याैपानेले तनहुँ प्रेस सँगकाे टेलिफोन सम्पर्कमा बताएकी हुन् ।

खासगरी भानु नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत सरूवा सम्बन्धमा चलेको चर्चाका बिच मन्त्री न्याैपानेकाे उक्त धारणा आएकाे हाे ।
मेरो आफ्नै पालिका हाे , मैले पनि कार्यसम्पादन हेरेको छु , मेयर साव सँग निरन्तर सम्पर्कमा छु , सहज भएको छ छैन साेधेकाे छु , बुझेको छु त्यसैले बाहिरी हल्ला भन्दापनी भित्री यथार्थमा टेकेर काम गर्छु उनलेे भनिन् । मेरो पहिल्यैदेखि सबैकाे कुरा सुन्ने बानी छ , त्यसैको आधारमा अधिकांशको भावनालाई समेटेर अगाडि बढ्छु भन्दै उनलेे साझा ढंगबाट काम गर्ने बताइन् । सकेसम्म हारजित भन्दापनी सबैको जित जितकाे भावनाले काम गर्छु भन्दै उनलेे जिल्लामा जाँदा पनि सबै दल , नागरिक समाजबाट पाएको स्वागत , सम्मान र बधाईले सबैकाे मनाेभावना बुझेर कामगर्नुपर्ने दायित्व आँफुमा रहेको महशुस गराएको उनलेे बताइन् ।

























