जामुनेकाे तीज गीत प्रतियोगितामा मकैबारी दर्याम दर्यामकी गायिका सुष्मा आउने
भदौ १ दमाैली , न्यु भिजन युथ क्लब जामुनेकाे भदौ १० र ११ गते हुने तीज गीत तथा नृत्य प्रतियोगितामा मकै वारि दर्याम दर्यामकी गायिका सुष्मा शाही ठकुरी लगायतका चर्चित राष्ट्रिय कलाकारहरू आउने भएका छन् ।
हरेक बर्स जस्तै यस बर्स पनि हरितालिका तीजको अवसरमा १० र ११ गते हुने तेर्हौ खुला तीज गीत तथा नृत्य प्रतियोगितामा राष्ट्रिय कलाकारहरू आउने क्लवका अध्यक्ष सन्तोष श्रेष्ठले बताए । विकृतिलाई तिरस्कार गरौ संस्कृतिको जगेर्ना गरौ भन्ने मुल नाराका साथ दुई दिन हुने प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार ५ सय २५, द्वितीय हुनेलाई रु १५ हजार ५ सय २५ र तृतीय हुनेलाई रु ९ हजार ९ सय ९९ पुरस्कार राखिएको छ ।

यस्तै नृत्यतर्फ प्रथम हुनेलाई रु ८ हजार ८ सय ८८, द्वितीय हुनेलाई रु ६ हजार ६ सय ६६ र तृतीय हुनेलाई रु ४ हजार ४ सय ४४ प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताकाे पहिलो दिन विष्णु बराल र नविना सुवेदी तथा दाेस्राे दिन सुस्मा मल्ल ठकुरी र शुभद्रा श्रेष्ठ आउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

























