बन्दीपुर केवलकारमा एक लाख पुरस्कारको तिज गीत प्रतियोगिता हुने

बन्दीपुर केवलकारमा एक लाख पुरस्कारको तिज गीत प्रतियोगिता हुने

तनहुँको बन्दीपुरमा एकलाख पुरस्कारको तीज गीत प्रतियोगिता हुने भएको छ ।“आदि योगी प्रज्ञा धाम” तीज सप्ताह उत्सव मूल आयोजक समितिको आयोजनामा आगामी भाद्र ३ देखि १० गतेसम्म भव्य रूपमा तीज सप्ताहन्न उत्सवमा उक्त प्रतियोगिता हुने भएको हाे । प्रतियोगितामा प्रथम स्थानलाई रु १,११,१११, द्वितीय स्थानलाई रु ५५,५५५, तृतीय स्थानलाई रु २५,५५५ र सान्त्वना पुरस्कारलाई रु ११,१११ प्रदान गरिनेछ। साथै सबै विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसबाहेक तीज सप्ताह उत्सवका प्रमुख आकर्षणहरूमा दर खाने उत्सव, फोटो कन्टेस्ट, टिकटक कन्टेस्ट, खुला तीज गीत प्रतियोगिता, तीज कन्सर्ट, सांस्कृतिक मेला तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश छन्।

यस अवधिमा दर खाने उत्सव भाद्र ३ देखि १० गतेसम्म र खुला तीज गीत प्रतियोगिता भाद्र ६ देखि १० गतेसम्म सञ्चालन हुनेछ। समितिका संयोजक
लक्ष्मी प्रसाद सापकोटाका अनुसार कार्यक्रम स्थल बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको बटम स्टेसन रहनेछ। कार्यक्रम प्रत्येक दिन दिउँसो १ बजे सुरु भई साँझ ९ बजे सम्म सञ्चालन हुनेछ। यस वर्षको खुला तीज गीत प्रतियोगितामा ५१ टिमको सहभागिता रहनेछ। प्रतियोगितामा प्रवेश शुल्क प्रतिटिम रु २५०० तोकिएको छ।

कार्यक्रमको मुख्य प्रायोजक बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड रहेको छ। स्थानीय कलाकार, सांस्कृतिक समूह र पर्यटन व्यवसायीहरूको सक्रिय सहभागितामा आयोजना हुने यस कार्यक्रमलाई पर्यटन प्रवर्द्धनसँगै सांस्कृतिक एकताको प्रतीकका रूपमा मनाइने आयोजकले जनाएका छन्। आदि योगी प्रज्ञा धामका अनुसार, यस उत्सवमार्फत बन्दीपुरको सांस्कृतिक पहिचानलाई देश–विदेशमा फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवाह बढाउने लक्ष्य लिइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page