तीजको अवसरमा डुम्रेमा विभिन्न सांस्कृतिक कार्यक्रमकाे आयाेजना
तनहुँकाे डुम्रेमा विभिन्न कार्यक्रमकाे आयाेजना गरिएकाे छ । डुम्रे साँस्कृतिक तथा सामाजिक संरक्षण समितिकाे आयाेजना र डुम्रे क्षेत्रका विभिन्न संघसंस्थाकाे सह-आयाेजनामा जात्रा र विभिन्न कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । संस्थाले विगतका वर्षहरुमा जस्तै श्रावण ३१ गते देखि भाद्र १० गतेसम्म कार्यक्रम आयाेजना गरेको छ । डुम्रे क्षेत्र आसपासका लापाेन्मुख कला, सँस्कृति संरक्षण एवं प्रवर्द्धन गर्ने उदेश्यले आउँदै गरेकाे विभिन्न चाडपर्वहरुमा मनाइने माैलिक जात्रा एवं साँस्कृतिक कार्यक्रम गर्न लागिएको हाे ।
कार्यक्रम अनुसार विभिन्न झाँकी एवं साँस्कृतिक कार्यक्रम , विभिन्न जातजातिको खाना महाेत्सव, विभिन्न सामग्रीहरुकाे विशेष छुटका साथ खरिद-बिक्री हुनेछ । यस्तै श्रावण ३१ गते राेपाई जात्रा विशेष कार्यक्रम तथा भाद्र १ गते दही जात्रा गरिएको छ ।

यस्तै भाद्र १० गते तिजकाे दिन खुल्ला तिज गीत प्रतियाेगिता , लाखे नाच लगाएतकाे कार्यक्रम हुने बताईएकाे छ ।
विभिन्न साँस्कृतिक कार्यक्रम संचालन गर्न यसअघिनैँ डुम्रे साँस्कृतिक तथा सामाजिक संरक्षण समिति २०८२ गठन गरिएको छ । राजेन्द्र पियाकाे अध्यक्षतामा १३ सदस्यीय समिति पुनरगठन गरिएकाे संस्थाले जनाएकाे छ । समितिकाे निवर्तमान अध्यक्ष घनश्याम श्रेष्ठ , उपाध्यक्षमा मुना श्रेष्ठ , सचिवमा महेन्द्र शाही, काेषाध्यक्षमा सन्ताेष थापा, सदस्यहरुमा राजकपुर पिया, हेमलाल भिके, बिक्की गुरुङ , सुजन श्रेष्ठ , दानु आले मगर, तारा पिया, सुनिता श्रेष्ठ र शिवकुमार श्रेष्ठ रहेका छन् ।

























