आँवुखैरेनीका अध्यक्ष चुमान र प्रमुख प्रशासकिय वस्नेत बिच विवाद
२५ दिन अगाडि मात्रै सरूवा भइ आएका आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम बस्नेत र गाउँपालिका अध्यक्ष शुक्र चुमान बिच बिवाद भएको छ । गाउँपालिकाकाे याेजना सम्बन्धमा हस्ताक्षर गर्न अध्यक्ष चुमानले दबाब दिएपछि बिवाद भएको बताइएको छ । अध्यक्ष चुमानले जसरी पनि हस्ताक्षर हुनुपर्ने बताएका र प्रमुख प्रशासकिय बस्नेतले निति नियम र कानुन हेरेर मात्रै हस्ताक्षर गर्ने भनेपछि भएको बिवादले उग्ररूप लिएपछि प्रमुख बस्नेत काठमाडौं गएकाे बुझिएको छ ।

यस सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत बस्नेत सँग सम्पर्क गर्दा ठुलो बिवाद नभइ सामान्य बिवाद भएको बताए । कार्यालय व्यवस्थापन सम्बन्धि केही कुरामा फरक मत परेपछी रिफ्रेस हुन काठमाडौं हिँडेको उनलेे बताए । मैले काम गर्नेत कानुनले दिएको मात्रै हाे नि , भाेली कानुन विपरीत गर्दात हस्ताक्षर गर्ने म फस्छु , त्यसैले बुझेर मात्रै काम गर्छु भनेको उनको भनाइ थियो । आँफु अर्को हप्ता कार्यालय आउने समेत उनलेे बताए ।
यता यस सम्बन्धमा बुझ्न गाउँपालिका अध्यक्ष शुक्र चुमानसँग फाेन सम्पर्क गर्दा फाेन उठेन ।

फाइल फाेटाे
























