अपाङ्गता स्रोत कक्षाका कार्यरत आयाहरुले ब्यास नगर प्रमुखलाई बुझाए ध्यानाकर्षण पत्र

अपाङ्गता स्रोत कक्षाका कार्यरत आयाहरुले ब्यास नगर प्रमुखलाई बुझाए ध्यानाकर्षण पत्र

 ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले ब्यास नगरपालिका मातहतका अपाङ्गता स्रोत कक्षाका आयाहरुको कार्यको उच्च मुल्यांकन गरि संघिय सरकार बाट बिनियोजित रकममा अन्य सेवामा स्थानिय सरकार मार्फत थप गरिएको रकम सरह आयाहरुलाइ पनि थप गरि न्याय प्रदान गरिने बताएका छन् । यस्तै ब्यास नगर शिक्षा प्रमुख केदार राज आचार्यले छरीएर रहेका बौद्धिक अपाङ्गता भएका स्रोत कक्षाहरु स्थिती प्रती संदनसिल भएको भन्दै गाह्रो रहेका सिन्धु, महेन्द्र ज्योती, सिद्धबेनि, जनसेवा जस्ता बिधालयमा संचालित बौद्धिक अपाङ्गताका कक्षाहरु एकीकृत गर्ने योजना रहेको बताए। साथै आयाहरुलाइ पर्न गएको असुबिधा प्रती सचेत भएको, न्युनतम पारिश्रमिक बिस्तार गर्न सकारात्मक रहेको बताए ।
लेखाजोखा संयोजक ईश्वर बास्तोलाले ब्यास नगरपालिका मातहतमा रहेका अपाङ्गता स्रोत कक्षामा कार्यरत आयाहरु लामो समयदेखि विभिन्न स्रोत केन्द्रमा अपाङ्गता भएका बालवालिकाको धाइआमाको रुपमा काम गर्दै आइरहेका भन्दै धाइआमाले २४ सै घण्टा बिदा नभनी अपाङ्गता भएका बालवालिकाको लागि स्याहारसुसार तथा पठनपाठनमा समेत सहयोग गर्दै आएकोमा हाल सबै शिक्षक हरुको तलव सेवा सुबिधा वृद्धि भएको स्रोत कक्षामा कार्यरत आयाहरुलाइ बन्चित गरिएको अवस्थामा तलव सेवा सुबिधाको माग राखी नगर प्रमुख बैकुण्ठ न्यौपाने तथा नगर शिक्षा प्रमुख केदार राज आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको बताए।

शिक्षक माहासंघका निवर्तमान अध्यक्ष रामचन्द्र पोख्रेलले आयाहरुलाइ कामको बोझ २४ सै घन्टा रहेको हुदा स्थानीय तहको दृष्टि र दृष्टिकोण पुग्नुपर्ने बताए।

बौद्धिक स्रोत कक्षा सिन्धु आबिका प्रध्यानाध्यापक मदन वाग्लेले बिद्यार्थी संख्या धेरै हुदा १ जना आयाले रेखदेख गर्न गाह्रो भएको थप १ जना आयाको ब्यवस्था गर्नुपर्ने आवस्यकता औल्याए। वाग्लेले आया सम्झना गुरुङको राम्रो काम प्रती प्रसंसा ब्यक्त गरे।

सिद्धबेनि माबी बौद्धिक स्रोत कक्षाका प्रध्यानाध्यापक रोदन थापाले बिधालय नदि छेउमा रहेको सुरक्षाका दृष्टिले जोखिम रहेको हुदा तट बन्धनको आवस्यकता रहेको बताए।

चन्दिदेवी रा.मा.बि. दृष्टिबिहिन स्रोत कक्षाकि आया तारा पोख्रेलले पटक पटक निवेदन पेस गर्दा पनि चासो नलिने बिगतको प्रवृत्ति प्रती असन्तुष्टि जनाउदै आज सबै आयाको पिर मर्का प्रती सम्बन्धित निकायले देखाएको चासो प्रेरणादायक रहेको बताइन। ब्यासका ६ वटा अपाङ्गता स्रोत कक्षा धाइआमाको रुपमा ९ जना आयाहरु उपस्थित भएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page