हरितालिका तिजकाे अवसरमा नेपाल महिला संघ देवघाटद्धारा शुभकामना आदानप्रदान

हरितालिका तिजकाे अवसरमा नेपाल महिला संघ देवघाटद्धारा आयाेजित शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य एवम् गण्डकी प्रदेश सदस्य माया देवी रानाले देवघाटबासी देवता बराबर रहेकाे र यहाँका मानिसहरु धेरै असल रहेकाे बताइन् । तिज पर्वमा पछिल्लाे समयमा विकृति फैलिदै गएकाे भन्दै रानाले यसलाइ राेक्न महिला संघले भुमिका खेल्नुपर्ने बताइन् । खर्चिलाे विकृतिलाइ न्युनिकरण गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल महिला संघ देवघाट गाउँकमिटिका अध्यक्ष इन्द्रा थापा मगरले नेपाल महिला संघले महिलाहरूकाे लागि विभिन्न कार्यक्रम गर्दै अगाडि बढ्दै आएकाे बताइन् । वर्ष भरि गुम्सिएर बसेका पिडाहरुलाइ बाहिर ल्याइ साथिभाइहरु संग रमाइलाे गर्दै एकअर्काकाे पिडा पाेख्न सकुन भन्ने उदेश्यले साे कार्यक्रम राखेकाे थापाले बताइन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि विष्णु प्रसाद सापकाेटाले महिलाहरुकाे लागि लक्ष्क्षित कार्यक्रम ल्याइ महिलाहरुलाइ अगाडि बढाउन पर्ने बताए। कार्यक्रममा देवघाट वडा न ३ का वडा अध्यक्ष टेक बहादुर आलेले पहिलाकाे समयमा आफुुले परिवार बाट सहन परेकाे अपहेलना र हक र अधिकार बाट वञ्चित रहँदा महिलाहरुले गितकाे माध्यमबाट आफ्नाे वेदना लेखेर पाेख्ने चाड तिज रहेकाे बताएका थिए। यस्तै गाउँपालिका प्रवक्ता एवं वडा न ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुंवरले तिज एउटा सस्कृति पनि रहेकाे हुदा यस संस्कृतिलाई जाेगाउन पर्ने बताए। कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य सरिता गुरुङ , देवघाट गाउँपालिका महिला सञ्जालकाे अध्यक्ष राधादेवी खनाल , भानु नगरपालिका उपप्रमुख उमा गाेतामे , तनहुँ क्षेत्र न १ काे क्षेत्रीय प्रतिनिधि वृद्धा रानाभाट ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य इनकन खनाल , सिर्जना पाैडेल तिवारि ,भुमि आयाेगका सदस्य आशा थापा लगायतले बाेलेका थिए ।

महिला संघ देवघाट अध्यक्ष इन्द्रा थापाकाे अध्यक्षतमा भएकाे कार्यक्रममा महिला संघ देवघाट गाउँकमिटिका सचिव हरि माया शिवाकाेटीले सहजिकरण र नेपाल महिला संघ देवघाट गाउँपालिका उपाध्यक्ष देवकी खड्का मगरले स्वागत गरेकी थिइन् ।
























