व्यासका प्रथम मेयर श्रेष्ठलाई बिरामी हुँदापनी बिकासकाे चिन्ता

व्यासका प्रथम मेयर श्रेष्ठलाई बिरामी हुँदापनी बिकासकाे चिन्ता

व्यासनगरपालिकाका प्रथम मेयर तारा प्रसाद श्रेष्ठ यतिबेला बिरामी छन् । बिरामी श्रेष्ठलाई भेट्न उनको निवास व्यास ४ दमाैलीमा काङ्ग्रेसका नेता कार्यकर्ता मात्रै हाेइन ,आफन्त र सबै क्षेत्रका मानिसको ठूलो ताँती लागेको छ । फाेक्साेमा क्यान्सर भएर गम्भीर बिरामी उनी काठमाडौं हुँदै दिल्लीमा पुगेर अप्रेसन पश्चात् घरमा आएर रेस्टमा छन् र क्रमश स्वास्थ्य सुधारकाे अवस्थामा छन्।उनलाई डाक्टरले धेरै नबाेल्न सल्लाह समेत दिएका छन् । तरपनी उनी भेट्न जाने शुभचिन्तकहरू सँग यति उत्साहित भएर आँफुलाइ केही पनि नभएको जस्तो गरि बाेलिहाल्छन् । बिरामी श्रेष्ठका भाइ बुद्धिमान श्रेष्ठ दाजुको आडैमा बसेर धेरै नबाेल्नुसन दाइ भनेर झकझक्याइरहन्छन् । डाक्टरले केही दिन धेरै नवाेल्न र धेरै बाेल्दा शक्तिहिन भइन्छ भनिरहेको अवस्थामा दाइलाइ थाेरै बाेल्न भनेको उनलेे बताए ।
भेट्न जाने साथीहरू सँग उनको आफ्नाे स्वास्थ्यकाे भन्दापनी दमाैली र व्यास नगर सँगै सिङ्गो जिल्लाकाे बिकासकाे उहाँमा चिन्ता झल्किन्छ । कुनै समय काङ्ग्रेसकाे खम्बाकाे रूपमा रहेका उनलाई पहिलो बिकासकाे र दाेस्राे काङ्ग्रेसको चिन्ता छ । सत्तामा बसेकाहरूले राम्रो काम गरिदिए हुन्थ्यो , बिकास निर्माण र जनताको दैनिकी सँग जाेडिएका बिषयहरू लाई प्राथमिकता दिएर काम गरिदिए हुन्थ्यो भन्ने हुटहुटी श्रेष्ठमा प्रस्ट देखिन्छ । त्यस्तै श्रेष्ठले राजमार्ग विस्तारका क्रममा दमाैली बजारको स्वरूप बिग्रेकोमा र इतिहास बाेकेकाे घाँसीकुवा मासिने अवस्थामा रहेकोमा अर्को चिन्ता छ । डाक्टरले करिब डेढ महिनापछि फलाेकाे लागि बाेलाएकाे श्रेष्ठले जानकारी दिए ।

पृथ्वीराजमार्ग भन्दा अन्य स्थान जाने बाटो नभएको अवस्थामा उनी मेयर हुँदा बाटो बनाउन ठोरीबाट डोजर,टिप्पर लगायतका साधान ल्याएर बाटो बनाउन यिनै श्रेष्ठले शुरु गरेका थिए । श्रेष्ठको पालामा जम्मा २५ लाखको बजेट व्यासमा रहेको र हाइबे बाहेक अन्य स्थान जाने बाटो कहीँ नहुँदा उनैले रेखा काेरेका चर्चा अहिले पनि छ । व्यासनगरमा अभिभावकको रुपमा काम गरेका परिचित श्रेष्ठले व्यक्तिगत स्वार्थको लागि भन्दा पनि नगरको विकास र मायामा काम गरेर सबैकाे मन जितेका कारण पनि उनी बिरामी हुँदा भेट्न शुभेच्छुकहरूकाे ताँती लागेको हाे । हिजाेका दिनमा वडाध्यक्ष सदस्य देखि पञ्चायती कालमा काँग्रेसबाट तीन वटै वडाको बडाध्यक्ष र नगरपालिकाको संस्थापक भएर काम गर्दा सबै पार्टीको माया ममता उनलाई रहेको देखिन्छ । सामान्य अवस्थाबाट आएका कारण पनि श्रेष्ठलाई मजदुर देखि माथिल्लो ओहदा , सबै क्षेत्रका मानिसहरूकाे माया उनमा देखिन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page