बन्दीपुर केवलकारकाे तीज गीत प्रतियोगितामा व्यासज्योति धर्म जागरण समूह दमाैली प्रथम

बन्दीपुर केवलकारमा भएको खुल्ला तीज गीत प्रतियोगितामाको प्रथम पुरस्कार व्यास ज्योति धर्म जागरण समुह दमाैलीले चुम्न सफल भएको छ । प्रतियोगितामा सहभागी २८ वटा समूहलाई पछि पार्दै ३७० दशमलव ४ अंङ्क प्राप्त गरी व्यास ज्याेतीले पहिलो पुरस्कार हात पारेको हो । मंगलबार भएको फाइनल प्रतियोगितामा आठ समुह प्रतिस्पर्धामा थिए ।
त्यसैगरी युनाइटेड क्लब पोखराले ३६५ दशमलव ३८ अंङ्क प्राप्त गरी द्वितीय,र पुर्कोट युनेस्को क्लबले ३५१ दशमलव १८ अंङ्क पाएर तृतीय तथा ऋषिङ पाटन आमा समूहले ३२१ दशमलव ८२ अंङ्क पाएर सान्त्वना भएका छन् ।


बिजयी टिमले क्रमश रु एक लाख ११ हजार १११,द्वितीय रु.५५ हजार ५ सय ५५,तृतीय २५ हजार ५ सय ५५ र सान्त्वना ११ हजार १ सय ११ तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
बन्दीपुर केवलकारको बटम स्टेशनमा यही भदौ ६ गतेदेखि १० गतेसम्म खुल्ला तीज गीत प्रतियोगिता भएको बन्दीपुरहिलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
प्रतियोगितामा मुख्य प्रायोजक बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड,सहप्रायोजकमा नेको इन्स्युरेन्स लिमिटेड र सहयोगीमा बाह्रसिंह्रे,चन्द्र निर्माण सेवा,डिजाइन स्टेशन,मुस्ताड प्लाजा,ड्राइभ इन,घुमाउने घर र आदियोगी प्रन्जनधाम रहेका थिए ।

























