पुर्कोट युनेस्को क्लबलाई पुरस्कार लिन भ्याइनभ्याई
पुर्काेट युनेस्को क्लबलाई यसपटकको तीजमा पुरस्कार लिन भ्याइनभ्याई भएको छ । महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा बिभिन्न ठाउँहरुमा भएको प्रतियोगितामा आफ्नो टिमलाइ अब्बल साबित गराउँदै पुर्कोट युनेस्को क्लब भानु-९ ले पुरस्कार नै पुरस्कार जित्न सफल भएको छ।

भदौ -१० गते तीजको दिनमा मात्रै उक्त टिमले आँबु खैरेनीमा प्रथम स्थान र बन्दिपुर केबलकारमा तृत्तीय स्थान हासिल गर्न सफल भएको छ।

साउन ३१ गते कृष्ण जन्माष्टमीमा भानु -२ मा प्रथम स्थान हाँसील गरेको थियो भने बेशिशहर लम्जुङमा पनि प्रथम स्थाननैं हासिल गरेकाे थियो । यस्तै सुन्दर बजार लमजुङमा समेत युनेस्को क्लवले प्रथम स्थान हासिल गरेको थियो ।
यस्तै दमौलीमा लाेकदाेहाेरी प्रतिष्ठानकाे प्रतियोगितामा युनेस्कोले दोस्रो स्थान हासिल गरेकाे थियो ।
हरेक प्रतियोगितामा समसामयिक बिषय बस्तु र निर्णायक मण्डल साथै दर्शकहरुको मन जित्न सफल भएको उक्त क्लबले गत बर्षको तीजमा पनि थुप्रै प्रतियोगिताहरु जित्न सफल भएको थियो । २०६४ साल देखि निरन्तर शिक्षा स्वास्थ खेलकुद तथा कला साहित्य र संस्कृतिको क्षेत्रमा कार्य गर्दै आएको क्लवले क्लवका दिदीबहिनीहरूकाे लगनशीलता , अनुशासनपन र मेहेनतले याे सफलता हात पारेको जनाएको छ । क्लबलाई सफलताकाे याे अवस्थामा पुर्याउन सहयोग गर्नुहुने सबै प्रति क्लवका अध्यक्ष सुजन थपलियाले आभार प्रकट गरेका छन् ।
























