राजनीतिक दबाब र प्रभावमा काम गर्दिन – व्यासका प्रमुख प्रशासकिय अधिकृत लम्साल

राजनीतिक दबाब र प्रभावमा काम गर्दिन – व्यासका प्रमुख प्रशासकिय अधिकृत लम्साल


तनहुँको व्यास नगरपालिकाका नयाँ प्रमुख प्रसाशकीय अधिकृत सुकदेव लम्सालले कसैको राजनीतिक दबाब र प्रभावमा काम नगर्ने बताएका छन् । आईतवारबाट व्यास नगरपालिकामा कार्य थालनी गरेका प्रमुख प्रसाशकीय अधिकृत लम्सालले व्यास क्षेत्रमा सक्रिय संचारकर्मीहरुसँगकाे भेटघाटमा उक्त कुरा बताएका हुन् ।
उक्त अवसरमा प्रमुख प्रसाशकीय अधिकृत लम्सालले व्यास नगरपालिकालाई जनमैत्री बनाउनको लागि मिडियाको पनि उल्लेख्य भुमिका हुने भएकोले सकारात्मक म्यासेज बाहिर लगि सुधार गर्नुपर्ने कुराहरु आफुलाई सुनाई सुधार गर्न मौका दिन आग्रह गरेका थिए ।

“म राष्ट्रसेवक कर्मचारी हुँ, नियम–कानुनभन्दा एक इञ्च पनि तलमाथि गर्दिन ।’उनलेे भनेका छन् । व्यास नगरपालिका भित्र देखिएका समस्याहरू हल गरी नमुना र संमृद्ध नगरपालिका बनाउनका लागि लागिपर्ने उनलेे बताए । रत्ननगर नगरपालिकाबाट ब्यासमा आएका प्रमुख लम्साल व्यास ८ निवासी स्थानीय बासिन्दा समेत हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page