व्यासका प्रमुख प्रशासकिय लम्सालकाे गाडी र स्कुटर ठाेक्कियाे
व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल चढ्ने नगरपालिकाकाे B AA 0522 नम्बरको गाडी र ग १७ प ८२६६ नम्बरको स्कुटर ठाेक्किएकाे छ । बुधबार बिहान सफासडक तर्फबाट निवासतर्फ जाँदै गरेको नगरपालिकाकाे गाडी र अनशन चाैतारी तर्फबाट मालपोत पट्टी जाँदै गरेको स्कुटर प्रशासन चाेकमा ठाेक्किएकाे हाे ।

दुर्घटनामा स्कुटर चालक सामान्य घाइते भएका छन् । घाइते चालकलाई प्रमुख प्रशासकिय अधिकृत लम्सालले आफ्नैँ गाडीमा राखेर उपचारका लागि दमाैली अस्पताल लगेका छन् । प्रतक्ष्यदर्सीहरूका अनुसार स्कुटर स्पिड आएकाेले उक्त दुर्घटना भएको हाे ।

























