आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतकाे एक महिनामै सरुवा , अब तिमिल्सिना आउने
आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतकाे एक महिनामै सरुवा भएकाे छ । गत साउन ५ गते आँबुखैरेनीमा हाजिर भएका बस्नेतको गोरखास्थित धार्चे गाउँपालिकामा सरुवा भएको हाे ।

केही दिन अगाडी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानसँग विवाद भएपछि उनी गाउँपालिका छाडेर काठमाडौ पुगेका थिए । आँबुखैरेनीमा अब जिल्ला समन्वय समिति मुस्ताङबाट चन्द्रकान्त तिमिल्सिना आउने भएका छन् ।

























