आदिकविकाे अध्यक्षमा ४ जनाको चर्चा , काङ्ग्रेस व्यास १ ले गर्याे सुनारलाइ सघाउने निर्णय

आदिकविकाे अध्यक्षमा ४ जनाको चर्चा , काङ्ग्रेस व्यास १ ले गर्याे सुनारलाइ सघाउने निर्णय

आदिकवि भानुभक्त क्याम्पस व्यास-१, विज्ञानचौर, दमौली तनहुँको भाद्र १८ गते बुधबार साधारण सभा एवं अधिवेशन हुँदैछ । अधिवेशन नजिकिँदै जाँदा अध्यक्षका प्रत्याशीहरूकाे अन्तिम चरणको चर्चा सुरु भएको छ ।

अध्यक्ष हुन पछिल्लोसमय ४ जनाले इच्छा देखाएको बुझिएकाे छ । यद्यपि उल्लेखित ४ जना बाहेक ठाकुर दरै लगायतको पनि दावी रहनसक्ने संभावना उत्तिकै छ । अध्यक्षमा खासगरी हालका अध्यक्ष बुद्धिमान श्रेष्ठ देखि बरिस्ठ अधिवक्ता कमला माेहन वाग्ले , राजु दाहाल र केशबहादुर सुनारकाे चर्चा उत्कर्षमा रहेको छ ।
यसैबीच नेपाली काङ्ग्रेस व्यास १ काे वडा अगुवा भेलाले अध्यक्षमा केशबहादुर सुनारलाइ सघाउने निर्णय गरेको छ । खानेपानी कार्यालयमा बसेकाे काङ्ग्रेसका अगुवा भेलामा नगर सभापति सुर्यचन्द्र हड्खले देखि खरसिंह दरै , डम्बरबहादुर अधिकारी , चिजबहादुर दरै , ठाकुर दरै, दिलबहादुर दरै , बिष्णु हड्खले लगायत अध्यक्षका प्रत्यासी केशबहादुर सुनार लगायतको उपस्थिति रहेको थियो ।

सहभागीहरूले वडा नं १ बाट केशबहादुर सुनारलाइ अगाडि बढाउने र त्यसको लागि सिङ्गो वडाले पहल र वातावरण मिलाउने निर्णय गरेको भेलामा सहभागी एक सदस्यले जानकारी दिए । यद्यपि निर्णयलाई लिखित भने नगरिएको ती सहभागीले बताए। अन्य वडाको तुलनामा वडा नं १ मा भाेटर संख्या ( करिब ३००) बढी भएको , पहिलादेखी नेता केशबहादुरले अबसर नपाएको र यही वडामा क्याम्पस भएकोले पनि यसपटक सबै मिली सुनारकाे पक्षमा वातावरण बनाउनुपर्ने सहभागीहरूकाे तर्क छ । क्याम्पसमा कुल २ हजार ९ सय ४३ मतदाता रहेकोमा करिब ६ सय जनाले नविकरण गरेको बताइएको छ ।
क्याम्पसले क्याम्पस सञ्चालन समिति निर्वाचनमा भाग लिने प्रयोजनका लागि आजसम्म क्याम्पस साधारण सदस्य नवीकरणको म्याद थप गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page