भिमादमा भएको लाखे नाच प्रतियोगितामा गाछेपानी तनहुँ प्रथम , कास्की द्धितीय
भिमादमा आयोजित प्रदेश स्तरीय लाखे नाच प्रतियोगितामा गाछेपानी हट्टेली नेवा पुच एकिकृत साँस्कृतिक समूह शुक्लागण्डकी नगरपालिका २ प्रथम हुन सफल भएको छ । नेवा देय् दबू गण्डकी प्रदेशद्वाराआयाेजित प्रतियोगितामा रुपा देउराली नेवा खल कास्की द्वितीय भएका छन् ।

यस्तै प्रतियोगितामा गल्याङ्ग नेवा समाज स्याङ्जा , बेसीशहर नेवा खल लमजुङ , देवी देउराली गोर्खा , देवचुली नेवा गुठी कावासोती , भिष्म नेवार समाज सांस्कृतिक खल भिमाद , नेवा साँस्कृतिक पुच पर्वत , सृजनशिल नेवा खल खैरेनीटार र नेवा देय् दबू शहीद लखन थापा गाउँपालिका गोर्खा सान्त्वना हुन सफल भएको निर्णायक संयोजक चन्द्रमान मुनिकारले बताएका छन् ।

प्रतियोगितामा पहिलो पुरस्कार नगद १ लाख १ हजार रुपैयाँ, दोस्रो पुरस्कार ६१ हजार रुपैयाँ र अन्य ८ उत्कृष्ट टोलीलाई जनही १५/१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएकाे थियो । गण्डकी प्रदेशभरिबाट करिब ४९ टिमको सहभागिता रहेकाे बताईएकाे छ ।
नेवारी परम्परा, कला र संस्कृति जोगाउने उद्धेश्यका साथ आयाेजना भएको प्रतियोगिताले समग्र भिमादकाे पर्यटन प्रवर्द्धनमा टेवा पुगेकाे आयाेजकले बताएका छन् ।
फाेटाे भिमाद एफएम
























