कुशल प्रशासक रामचन्द्र लामगादेकाे शुक्लागण्डकी नगरपालिकाबाट भव्य विदाइ

कुशल प्रशासक शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेकाे शुक्लागण्डकी नगरपालिकाले भव्य कार्यक्रम मार्फत विदाइ गरेको छ । दुई वर्ष लामो समय बिवाद रहित र उत्कृष्ट काम गरेका लामगादेको कार्यकालमा आर्थिक अनुशासन, मितव्ययिता र सुशासन प्रवर्द्धनका दृष्टिले प्रभावकारी मानिएको छ। खासगरी उनको अब्बलता , कुशलता , इमानदारीता र क्षमताका कारण उनलाई शुक्लाबासीले रूचाउने गरेको नगरबासीकाे भनाइ छ । उनले वडा–वडामा घुम्ती शिविर सञ्चालन गरी जनतासम्म सेवा पु¥याएका थिए भने योजना सम्झौता तथा सहजीकरणलाई व्यवस्थित बनाएका थिए ।

नदिजन्य पदार्थ उत्खनन र बिक्री–वितरणलाई पारदर्शी बनाउन उनले अनुगमन समिति गठन गर्दै घाटगद्दि प्रणालीमार्फत मात्र बिक्री गर्ने व्यवस्था लागू गरे। त्यस्तै, फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहकार्यमा वैज्ञानिक प्रणालीको नमुना शुरुवात गर्नु उनको उल्लेखनीय योगदान रह्यो। नगरपालिकाले सुशासन, सेवा प्रवाहको गुणस्तर, नागरिक सहभागिता र समग्र संस्थागत क्षमता विकासमा निरन्तर सुधारका प्रयासलाई अघि बढाउँदै आएको र यसलाई स्थायी र अझ प्रभावकारी बनाउन तथा आगामी दिनहरूमा नयाँ–नयाँ नविनता सेवा र कार्यशैलीमा यसको सुरुवात स्वरूपका सुधारका कामहरू लामगादेले गरेका थिए ।

स्थानीयवासी, कर्मचारी र जनप्रतिनिधिहरूले लामगादेको कार्यशैली प्रशंसनीय रहेको उल्लेख गर्दै भब्य विदाइ गरेका छन्। उनको गैंडाकोट नगरपालिका मा सरूवा भएको छ ।
























