आदिकविमा अध्यक्षकाे चर्चा – पुर्व अध्यक्ष र काङ्ग्रेस सभापति बिच छलफल हुने
आदिकवि भानुभक्त क्याम्पस व्यास-१, विज्ञानचौर, दमौलीको भाद्र १८ गते बुधबार साधारण सभा एवं अधिवेशन हुँदैछ । अधिवेशन नजिकिँदै जाँदा काङ्ग्रेसको गड मानिएको क्याम्पसमा कसलाई आधिकारीक उम्मेदवार बनाउने भनेर पार्टी भित्र छलफल तिव्र पारिएको छ । अहिले देखिएका अध्यक्षका प्रत्याशीहरू अधिकांश काङ्ग्रेस पृष्ठभूमिकै रहेको कारण पनि पार्टीले सल्लाह गरेपछि सहमति जुट्न सक्ने बुझाइ पार्टी भित्र रहेको छ । यही बुझाइलाइ मध्यनजर गर्दै व्यास १ मा चरणचरणका छलफल र ठुला दुईवटा भेला भइसकेको छ भने जिल्ला स्तरको छलफल आज दमाैलीमा भएको छ ।
प्रदेश सांसद अशोककुमार श्रेष्ठ , जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले , व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने , पुर्व मन्त्री दाेबाटे विक , संबिधानसभा सदस्य रामचन्द्र पाेख्रेल , रामचन्द्र बस्नेत , ब्रम्हदत्त तिमिल्सिना , सरिता गुरूङ ,पवित्रा पाैडेल ,बुद्धिमान श्रेष्ठ ,डम्बरबहादुर अधिकारी , चिजबहादुर दरै , खरसींह दरै लगायतका नेताहरूकाे उपस्थिति रहेको उक्त भेलामा कसरी सहमति जुटाएर अगाडि बढ्ने भन्ने बारेमा छलफल भएको भेलामा सहभागी एक नेताले बताए ।
छलफलमा व्यास १ मा क्याम्पस रहेको , व्यास १ मै मतदाता धेरै रहेको , व्यास १ कै बासिन्दाकाे धेरै याेगदान रहेको लगायतका कारण देखाउँदै यसपटक केशबहादुर सुनारमा सहमति गर्नुपर्ने नेता चिजबहादुर दरैले प्रस्ताव गरेका थिए । नेता दरैले यसभन्दा अगाडि ब्रम्हदत्त तिमिल्सिनाकाे पालामा हाेस या बुद्धिमान श्रेष्ठको पालामा दुबै पटक केश बहादुरजीले छाड्नुपरेकाे स्मरण गराउँदै यसपटक उहाँकै पालाे भएको तर्क गरेका थिए ।उनको भनाइलाई अर्का नेता खरसिंह दरैले पनि समर्थन गरेका थिए ।

उक्त छलफलमा सहभागी केही नेताहरूले भने क्याम्पसमा बाैद्धिक व्यक्ति ल्याउनुपर्ने बताएका थिए । धेरै जनाको धेरै कुराहरू आएपछी उक्त भेलामा कुनै आधिकारीक निर्णय भने हुन नसकेको ती सदस्यले बताए । नेतृत्व तहमा बस्नेहरूले अहिले नैं सहमति गरेर अगाडि बढ्ने बाताबरण मिलाउने र त्यसाे गर्दा आफु अनुकूल हुन्छ भन्ने अपेक्षा गरेपनि उक्त निर्णय र सर्कुलर लागू नभइ उल्टाे प्रतिकुल अवस्था आउछकी भनेर हच्किएका थिए । यस्तो अवस्थामा अब क्याम्पसका पुर्व अध्यक्षहरू र पार्टीका जिल्ला सभापति सँग छलफल गर्ने र सभापति ज्युकाे मनसाय कस्तो हुन्छ साेही अनुसार अगाडि बढ्ने निस्कर्ष निकालिएको छ ।

अध्यक्ष हुन पछिल्लोसमय ४ जनाले इच्छा देखाएको बुझिएकाे छ । खासगरी हालका अध्यक्ष बुद्धिमान श्रेष्ठ देखि बरिस्ठ अधिवक्ता कमला माेहन वाग्ले , राजु दाहाल र केशबहादुर सुनारकाे चर्चा उत्कर्षमा रहेको छ । यद्यपि उल्लेखित ४ जना बाहेक ठाकुर दरै लगायतको पनि दावी रहनसक्ने संभावना उत्तिकै छ ।
























