३ महिनाभित्र पैसा दिने सहमतिमा सर्वकल्याण सहकारीका अध्यक्ष सिग्देल छुटे

३ महिनाभित्र पैसा दिने सहमतिमा सर्वकल्याण सहकारीका अध्यक्ष सिग्देल छुटे

तनहुँकाे ब्यास नगरपालिका वडा न. ४ मा रहेको सर्वकल्याण सहकारी संस्थाका अध्यक्ष दिपक सिग्देल एकरात थुनिएर छुटेका छन् । सहकारीका सेयर सदस्यहरुको उजुरीको आधारमा सिग्देल पक्राउ परेका थिए । सहकारीका सेयर सदस्यहरू र बचतकर्ताहरूकाे रकम अपचलन भएको र सहकारी संस्थामा विगत केहि वर्ष देखी लेखापरीक्षण साथै साधारण सभा समेत हुन नसकेको अवस्थामा सिग्देल पक्राउ परेका थिऐ । दिनभर पिडीत सेयरसदस्यहरू जिल्ला प्रहरी कार्यालय परिसरमा भेला भइ छलफल गरेका थिए । साेमबार साँझदेखि प्रहरी हिरासतमा रहेका सिग्देल र सेयरसदस्य हरू बिच कसरी मिल्ने भन्नेमा पनि एकथरीकाे छलफल भइरहेको थियो । मुद्दा लड्दा लामो र झन्झट हुने देखिएकोले मिलापत्रकाे माध्यम अपनाइएको बुझिएको छ । सिग्देलले एक करोड आठ लाख रकम हिनामिना गरेको आराेप लागेको छ । उक्त रकम बराबरको चेक बढीमा ३ महिनाभित्रमा भुक्तानी गर्न सक्ने गरि सहमति भए सँगै सिग्देल मंगलबार साँझ छुटेका हुन् ।

सहकारीमा ब्यास नगरपालिकाले स्थलगत अनुगमन गर्दा उक्त संस्थाको सहकारीको चार खाता नदेखिएको र सम्पूर्ण वित्तिय कारोवार विद्युतिय सफ्ट वेयर मार्फत संचालनमा रहेको साथै उक्त सफ्टवयर उडी व्याक अप समेत नरहेको पाएका थिए ।
नगरपालिकाको कार्यालयवाट स्थलगत प्रारम्भिक अनुगमन गर्दा एक करोड आठ लाख छ हजार पाचसय अठ्ठाइस रुपैया हिसाव फरक देखिन गएको र सम्पूर्ण कारोवारको हिसाब किताब पून विद्युतिय सफ्टवयरमा प्रविष्टि गरी सो रकमलाई लेखापरिक्षण गरी मिलान गर्न भनिएकाे थियो । पटक पटक नगरपालिकामा सरोकारवालाहरु संग वैठक वसि समितिलाई पत्रचार गर्दा पनि अहिलेसम्म लेखा परिक्षण प्रतिवेदन एवं साधारण सभा सम्पन्न भएको प्रतिवेदन नगरपालिकामा पेश गरेका थिएनन् । यस्तै २०८१।१०।७ गतेको कार्यपालिका बैठकले सहकारीका सदस्यहरुको बचत रकम २०८१ माघ मसान्तसम्ममा फिर्ता गर्ने गरी निर्देशन दिएको र उक्त अवधिमा फिर्ता नगरेर कानुन बमाजिम जिल्ला प्रहरी कार्यालय तनहुँमा लेखी पठाउने निर्णय समेत भएको थियो ।
सहकारीका अध्यक्ष सिग्देलले २०८१।१०।३० गतेका दिन उक्त फरक देखिन आएको रकम २०८२ असार मसान्त भित्र सहकारी संस्थालाई भुक्तान गर्नेछु भनि ब्या. न. पा. वडा न. ४ का वडा अध्यक्षको रोहवरमा कागज समेत गरेकोमा हालसम्म पनि भुक्तान नगरेको भनि शेयर सदस्यवाट कार्वाहिका लागि जिल्ला प्रहरी कार्यालय तनहुँलाई जाहेरी दिएका पिडित सेयर सदस्यहरूले बताएका छन् ।सहकारीका एक सेयरसदस्यका अनुसार सहकारीमा उठ्न समेत करिब एक करोड बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक आशिष विकका अनुसार सहकारीका अध्यक्ष र पिडीत सेयरसदस्य बिच तीन महिनामा रकम दिने गरि सहमति भएकोले उनलाई छाडिएको जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page