तनहुँ सहित देशका अधिकांश ठाउँमा भारी वर्षा
पछिल्लो २४ घण्टामा तनहुँ सहित देशका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ । मनसुनसँगै स्थानीय वायु पनि सक्रिय भएका कारण देशका सबैजसो ठाउँमा बदली भएर भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति र भोलि पनि देशका धेरै ठाउँमा बदली हुनेछ ।यो हप्ताभरि बदलीसहित वर्षाको सम्भावना रहेको र अर्को हप्ता पनि पानी पर्ने सम्भावना रहेको छ ।
अझै दुई हप्ताभन्दा बढी मनसुन रहने भएकोले थप वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

























