सामुदायिक सेवा केन्द्र द्वारा डिएसपी विक लाई स्वागत

सामुदायिक सेवा केन्द्र द्वारा डिएसपी विक लाई स्वागत

भर्खरै सरुवा भएर जिल्ला प्रहरी कार्यालय तनहुँमा आएका प्रहरी नायव उपरीक्षक डिएसपी श्रवण कुमार बिकलाई सामुदायिक सेवा केन्द्रले स्वागत गरेको छ । केन्द्रका पदाधिकारीहरुले डिएसपी बिकलाई फूलको गुच्छा,टीका,खादा र दोसल्ला ओढाएर स्वागत गरेका हुन् । 

उक्त स्वागत कार्यक्रममा बाेल्दै डिएसपी विकले बर्दीसहितको प्रहरी र बर्दी बिनाको नागरिक मिलेर सभ्य र सुरक्षित समाज निर्माणमा जुट्नुपर्ने बताए । प्रहरी र नागरिक दुबैको मेल भएमा मात्रै समाजमा शान्ति,सुरक्षा र अमनचयन कायम गर्न सकिने उनको भनाइ थियो ।“अपराधिक गतिविधी रोक्न र अनुसन्धानका लागि नागरिकको उत्तिकै भूमिका हुने हुनाले प्रहरीले नागरिकसंग सुझाव सल्लाह,सहकार्य र समन्वय गर्दै अघि बढ्न आवश्यक रहेको बताए ।
नागरिकले महसुस गर्ने किसिमले समुदायमा काम गर्नका लागि प्रहरी सदैव नागरिकको साथमा रहेर काम गर्ने प्रतिबद्धता समेत डिएसपी बिकले व्यक्त गरेका थिए ।
केन्द्रका संस्थापक अध्यक्ष गोविन्द पन्थले नागरिक र प्रहरी मिलेर समाजमा पुलको काम गर्न सकिने हुँदा समाज सुधारमा हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए। 
विसं २०६६ सालमा स्थापित यस सामुदायिक सेवा केन्द्रले समाजमा हुने विकृति र बिसंगतिलाई न्यूनिकरण गर्न जोड दिदै आएको छ । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारीले प्रहरी र नागरिक बीचको संम्बन्ध नङ र मासुको जस्तै बनाइ सकारात्मक समाज परिवर्तनमा लाग्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पुर्व अध्यक्ष गाेविन्द पन्थ , राजेश्वर हड्खले , महासचिव तारानरेश पाैडेल लगायतले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page