चितुवाको आक्रमणबाट बाहुनपाेखरामा २२ बर्षीय पौडेल घाइते

चितुवाको आक्रमणबाट बाहुनपाेखरामा २२ बर्षीय पौडेल घाइते


चितुवाको आक्रमणबाट बुधबार साँझ तनहुँकाे व्यास नगरपालिका–८ बाहुनपोखरा निवासी बर्ष २२ की आशिका पौडेल घाइते भएकी छन् ।
खाना खाएर साँझ करीब ८ बजे बाहिर भाँडा माझ्न लागेको समयमा चितुवाले आक्रमण गरेको कार्यवाहक वडाध्यक्ष रामप्रसाद मिश्रले जानकारी दिए। चितुवाले आक्रमण गरेको थाहा पाए लगत्तै निजको पतिले होहल्ला गरेपछि चितुवा भागेको उनले बताए ।


चितुवाको आक्रमणबाट महिलाको स्तन,पाखुरा र साप्रामा चोट लागेको र तत्कालै मोटरसाइकलमा राखेर लमजुङ्गको दुई पिप्ले अस्पतालमा उपचार गरी ल्याइएको छ ।
जिल्लामा आठ वर्षको अवधिमा १६ बालबालिकाको मृत्यु भएको छ भने यो घट्ना संगै २२ घाइते भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page