स्थानिय जडिबुटि मार्फत जनतालाई निरोगी, धनी र सुखी बनाउनुपर्छ – अध्यक्ष दिपेन्द्र
वुलिङटार बहुउदेश्यीय सहकारी संस्था लिमिटेड, वुलिङटार गा.पा.-३, लगाङबाट आयोजित "आहार, विहार, विचार र व्यवहार तथा स्थानिय जडिबुटी पहिचान, उपचार, स्वास्थ्य, रोजगार, व्यवसाय एवं उधोग विषयक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम" सम्पन्न भएको छ । कार्यक्रमकाे वुलिङटार गाउँपालिकाका अध्यक्ष इंजिनियर दिपेन्द्र सुनारी मगरले उद्घाटन गर्दै "नेता, कर्मचारी र व्यवसायीले आफ्नो जीवनशैली सुधारेर विदेशी उत्पादन र उपभोगलाई परित्याग गर्नुपर्ने बताए । स्वदेशी माटोलाई माया गर्दै हाम्रो गाउँ घरमा हुने वनस्पतिहरुलाई संरक्षण गर्दै आफनो व्यवसाय तथा उधोग कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा अध्यक्ष मगरको जाेड थियो । स्थानिय उत्पादन अघि बढाएर निर्यात नगरेसम्म व्यापार घाटाको समस्या निरन्तर राष्टले भोगिरहनुपर्ने उनलेे बताए ।
सहकारीका अध्यक्ष कुल बहादुर क्षेत्रीको अध्यक्षतामा सञ्चालित सो प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा
सहकारी संस्थाका उपाध्यक्ष श्री कोषराज पौडेलले स्वागत गरेका थिए । उक्त कार्यक्रममा प्रमुख प्रक्षिक्षकका रूपमा समाजसेवी तथा अधिवक्ता महेन्द्र मान व्यथितले “वेदअनुसार आखाले देखेका सम्पूर्ण वनस्पति औषधि हुन् भन्दै यस्ता वनस्पतिलाई प्रयोग गरेर रोगबाट मुक्त भै प्रत्येक वनस्पतिका बारेमा जानकारी लिइ ती वनस्पतिलाई रोजगार, व्यवसाय र उधोगमा परिणत गर्न सकिने बताए । त्यही वनस्पतिबाट जनता र देशलाई निरोगी बनाउदै समृद्ध बनाउन सकिने उनको भनाइ थियो । यस भेगमा पाईने नीम र आँक अति महत्वपुर्ण औषधी हुन भन्दै उनलेे विच्छी, बारुला, अरिङगाल र अन्य किराहरुले टोकेमा आँकको चोप लगाएमा निको हुने जानकारी दिए। दाँत दुखेमा र हल्लिएमा आँकको जराले कुल्ला गरेमा निको हुन्छ , निमलाई पानीमा तताएर नुहाएमा जस्तो सुकै छालाका रोगहरुपनि निको हुने उनको भनाइ थियो ।
यसै सन्दर्भमा प्रशिक्षक व्यथितले अगाडि भने “कुशको गुन्द्रि र चकटी बनाई बिक्री गर्नुपर्छ किनकी कुश औषधीको राजा हो। गुन्द्रि र चकटीमा बस्ने बानी बसालेमा वल्ड पेसर तथा सुगर रोगबाट उन्मुक्ति पाउँछौ। यस्ता विचार सवैलाई बुझाउदै सारा ज्ञान र शक्ति उत्पादनमा लगाएर जनतालाई सुखी, निरोगी र धनी बनाउनु पर्छ। आजको आवस्यकता पनि यही हो।”
कार्यक्रममा पत्रकार विद्रोही गिरी र वडा नं. ३ का अध्यक्ष विष्णुविर जर्गा मगरले स्थानिय जडिबुटिको बारेमा प्रकाश पार्दै उत्पादनमा केन्दिकृत गर्नुपर्छ भनी जोड दिएका थिए।
सहकारी संस्थाका प्रबन्धक रिषिराम गिरीबाट उद्घोषित उक्त कार्यक्रममा पुरुषभन्दा बढी महिलाको सहभागिता रहेको थियो। सो समारोहमा सयजना भन्दा बढीको उपस्थिति रहेको थियो।


























