सिसाघाटमा एक लाख राशिको फुटबल प्रतियोगिता हुने

सिसाघाटमा एक लाख राशिको फुटबल प्रतियोगिता हुने


ग्यालेक्सी युवा क्लव व्यास ६ सिसाघाटकाे आयाेजनामा ठुलो एकादशीकाे अवसरमा एक लाख राशिको फुटबल प्रतियोगिता आयाेजना गरिएको छ । क्लवकाे १८ औ वार्षिकोत्सब एवम् स्व जितबहादुर दुरा र देशमान दुरा स्मृति रनिङ कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयाेजना गरिएको हाे । कात्तिक १५ गतेदेखि हुने उक्त फुटबल प्रतियोगितामा झण्डै २५ टिमको सहभागीता रहने क्लवले जनाएको छ ।

प्रतियोगितामा प्रथम र द्धित्तिय हुने टिमलाई क्रमश एक लाख एक हजार एक सय १५ र ५१ हजार एक सय १५ रूपया नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गाेलकर्ता र सर्वाेत्कृष्ट गाेलरक्षकलाइ जनही तीन हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page