सेताेगुराँस बालविकासकाे अध्यक्षमा पुनः सुशीला

सेताेगुराँस बालविकासकाे अध्यक्षमा पुनः सुशीला

सेताेगुराँस बालविकास सेवा तनहुँकाे २६ औ साधारणसभा तथा नवाैं अधिवेशन शुक्रबार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले पुनः सुशीला देवी शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे सदस्यहरूमा रामनाथ भट्टराई , प्रेमप्रकाश भट्टराई , सरस्वती अधिकारी , कृष्ण चन्द्र पाण्डे , इन्द्रकुमारी थापा , ऋषिराम ढुंगाना र गणेश थापा चयन भएका छन् । यस्तै सदस्य सचिवमा सरिता थापा भण्डारी चयन भएकी छन् ।
अधिवेशनकाे निर्वाचन समितिमा अधिवक्ता शिवदत्त ढकाल र माधव घिमिरे रहेका थिए ।

त्यसअघि कार्यक्रमकाे प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।

संस्थाका अध्यक्ष सुशीला देवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जगतबहादुर बानिया , सेताेगुराँस बालबाटिका अध्यक्ष सरिता थापा भण्डारी , प्रताप सिंह गुरूङ , सरला देवी श्रेष्ठ , प्रेमकुमार श्रेष्ठ , देवी दाहाल पाण्डे , इन्द्रकुमारी थापा , सरस्वती अधिकारी , कञ्चन आचार्य लगायतले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page