जि आर इलेक्ट्रोनिक्स दमाैली द्वारा जिल्ला प्रशासनलाई डिस्पेन्सर सहयोग
व्यास नगरपालिका वडा नं ३ सफासडक दमाैलीमा रहेको जी.आर. इलेक्ट्रोनिक्सले जिल्ला प्रशासन कार्यालय तनहुँलाई डिस्पेन्सर सहयोग गरेको छ ।
इलेक्ट्रोनिक्स सप्लायर्सका सञ्चालक गौरब खड्काले जिल्ला प्रशासन कार्यालयका नासु गाेपाल पाेख्रेललाइ दुईवटा डिस्पेन्सर सहयोग हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत कार्यालयलाइ सहयोग गरेको सञ्चालक खड्काले बताए । जेनजी आन्दाेलनकाे क्रममा जलेर ध्वस्त भएको कार्यालय अहिले धेरै सहयोगी हरूकाे विभिन्न सहयोगबाट सञ्चालनमा आउन सकेको छ । त्यही सिलसिलामा जिआरले डिस्पेन्सर सहयोग गरेको हाे । सहयोग प्रदान गरेकोमा जिल्ला प्रशासन कार्यालयका पाेख्रेलले जिआर इलेक्ट्रोनिक्सका सञ्चालक खड्कालाई धन्यवाद दिएका छन् ।


























