व्यास १३ काे बालकल्याणका बिद्यार्थीलाई पन्थ परिवारकाे स्टेसनरी र खाजा सहयोग

व्यास १३ काे बालकल्याणका बिद्यार्थीलाई पन्थ परिवारकाे स्टेसनरी र खाजा सहयोग

व्यास १३ कुकुरढुङ्गेमा अवस्थित बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गुदीँ निवासी पूर्णमाया पन्थले स्टेसनरी र खाजा सहयोग गरेकी छन् । आफ्ना स्वर्गीय श्रीमान इन्द्रविलास पन्थको सम्झनामा पुर्णमायाले स्टेशनरी सामग्री एवम् खाजा वितरण गरेकाे बिद्यालयले जनाएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष रोशनी नैयाँको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यास १३ का वडा अध्यक्ष वसन्त बहादुर आले , वडा सदस्य हरिश्चन्द्र पन्थ ,विद्यालयका प्राध्यापक इश्वरी खनाल पन्थ र व्यवस्थापन समिति सदस्य रेमन सुनाम लगायतले पवित्र मनले स्टेशनरी एवम् खाजा सामग्री वितरण गर्नु भएकोमा आभार सँगसँगै धन्यवाद व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page