लागू औषध सहित आबुखैरेनीबाट गुरुङ पक्राउ
तनहुँ आबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा एक व्यक्तिलाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको छ । बुधबार साँझ ५.२७ बजेको समयमा सवारी साधन तथा यात्रुहरु चेकजाँच गर्ने क्रममा नारायणघाट बाट बेशिसहर तर्फ आउदै गरेको ग.१.ख.६४६३ नम्बरको बसमा सवार ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेमा लमजुङ दोर्दी गा.पा.५ बस्ने बर्ष २१ को राज तामाङ् रहेका छन् ।

तामाङले पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको ला.औ.ट्रामाडोल ८ पत्ता(८० क्याप्सुल) समेत प्रहरीले नियन्त्रणमा लिएको छ । निज राज तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको आँबुखैरेनी प्रहरीले जनाएकाे छ ।




























